रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं १० को सरस्वती माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
भूकम्प पूनर्लाभ कार्यक्रम अन्तर्गत छा-याँ नेपालको आर्थिक सहयोगमा ४ कोठे भवन निर्माण सम्पन्न गरी शुक्रबार भवन उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।
२०८० कार्तिक १७ गतेको भूकम्पले विद्यालय भवन भत्काएर विद्यार्थीलाई पठनपाठनमा समस्या भएपछी छा-याँ नेपालको ८० प्रतिशत रु. ६० लाख ७५ हजार ९ सय ९९, सानीभेरी गाउँपालिकाको १७ प्रतिशत रु. १२ लाख ९३ हजार २ सय ७५ र विद्यालयको श्रमदान ३ प्रतिशत रु.२ लाख २८ हजार ३ सय २५ गरी जम्मा रु. ७८ लाख ७ हजार ४ सय ९९ मा उक्त ४ कोठेभवन निर्माण सम्पन्न गरेको छा-याँ नेपाल कर्णाली प्रदेशका प्रवन्धक मिन बहादुर रावलले जानकारी दिनुभयो ।
२०८१ जेठ २५ गते सम्झौता भई आषाढ २९ गते निर्माण सुरुवात भएको र उक्त भवन ९ महिनामै निर्माण कार्य सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिएको प्रदेश प्रवन्धक रावलले बताउनुभयो । भवन निर्माण संगै उक्त बजेटबाट ४ वटा कोठामा डेस्क, वेन्च र सेतो पाटी समेत राखिएको छ ।
सरस्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घमण्ड बहादुर विकको अध्यक्षतामा भएको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको रहेको थियो ।

कार्यक्रममा छा-याँ अष्ट्रिया परियोजना प्रवन्धक मारीयानी हार्डिलिका(विदेशी नागरिक), पालिका उपाध्यक्ष कमला रोका पुन, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीको विशिष्ट आतिथ्यता रहेको थियो भने १० नम्बर वडाका अध्यक्ष टिकाराम खड्का, छा-याँ नेपालकी सम्या बेलबासे लगाएतका व्यक्तिहरुको आतिथ्यता रहको थियो ।
कार्यक्रमको संचालन सरस्वती मावि डाँडा अर्माका प्रधानाध्यपक नरबहादुर खड्काले गर्नुभएको थियो ।


