मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस निकट तीन भातृ संस्थाहरुको पालिका अधिवेशन एकै साथ सम्पन्न गरिएको छ ।
आज मुसिकोट नगरपालिका स्तरिय नेपाल तरुण दल, नेपाल दलित संघ र नेपाल महिला संघको अधिवेशन सम्पन्न भएको हो ।
अधिवेनबाट तरुण दलमा सुदर्शन बिष्टको अध्यक्षतामा ५१ सदस्यीय नगर कार्यसमिति चयन गरिएको नेपाली कांग्रेस मुसिकोट नगर समितिका सचिव सुर्य प्रकाश शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल दलित संघमा गंगाराम ददेलको अध्यक्षतामा २५ सदस्यीय नगर कार्यसमिति चयन भएको छ ।
नेपाल महिला संघको अध्यक्षमा बेद कुमारी न्यौपाने चयन हुनुभएको छ । न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय नगर कार्यसमिति चयन गरिएको छ । तीन वटै भातृ संस्थाहरुको नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
नेपाली कांग्रेसका मुसिकोट नगर सभापति प्रेमबहादुुर ओलीको अध्यक्षतामा र पूर्व राज्यमन्त्री मिठु मल्लको प्रमुख आतिथ्यतामा पालिका स्तरिय भातृ संस्थाहरुको अधिवेशन सम्पन्न भएका हुन् । कार्यक्रमको सञ्चालन नगर समिति सचिव सुर्य प्रकाश शर्माले गर्नुभएको थियो ।








