बालविवाह विरुद्ध साझा अभियान जिल्ला सञ्जाल रुकुम पश्चिमको अध्यक्षमा गोकर्ण खड्का चयन हुनुभएको छ ।
शुक्रबार मुसिकोट खलङ्गामा भएको भेलाले २ सदस्य पछि थप्ने गरि ११ सदस्यीय जिल्ला कार्समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा ब्युझना पुन ,सचिव भीमबहादुर खड्का र कोषाध्यक्षमा टेकबहादुर ओली चयन हुनुभएको छ।
नेपाल सरकारको सन् २०३० सम्म नेपाललाई बाल विवाह अन्त्य गर्ने रणनीतिक योजना २०७२ र नेपालको संविधानमा उल्लेख भए अनुसार बाल विवाह अन्त्यका लागि सहयोगी भूमिका निर्वाह गर्न कर्णाली प्रदेश स्तरिय सञ्जाल निर्माण गरिएको र कर्णाली प्रदेश स्तरिय सञ्जालको कार्यविधि २०७८ (पहिलो संशोधन २०८१) को दफा १.४ अनुसार रुकुम पश्चिममा बाल संरक्षण, बाल विवाह, लैङ्गिक हिंसा तथा मानव अधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्मी, संस्था र सञ्जालहरुको साझा मञ्चको रुपमा यो संजाल गठन गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो।
रुकुम पश्चिमका ९ वटा संस्थाको पहलबाट बालविवाह विरुद्ध साझा अभियान जिल्ला सञ्जाल स्थापना गरिएको हो ।