सिस्ने गाउँपालिकामा सम्पन्न दोस्रो सिस्ने कप २०८२ पुरुष–महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
सिस्ने गाउँपालिकाको आर्थिक सहयोग तथा युवा विकास केन्द्रको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगिताको उपाधी पुरुष तर्फ सिस्ने–८ र महिला तर्फ सिस्ने–४ काे ए टिमले जितेको हो ।
प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ ८ समूहबीच उत्कृट प्रतिस्पर्धा भएको थियो ।
गणतन्त्र दिवसको अवसर पारि सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा पुरुष तर्फ सिस्ने–८, रुकुम पूर्वको टोलीले उपाधि जित्न सफल भएको छ । भने सिस्ने–४ काे ए टिमले दोस्रो स्थानमा चित्त बुझाएको छ । त्यस्तै तेस्रो स्थान सिस्ने–६ ले हासिल गरेकाे छ भने सान्त्वना स्थान सिस्ने–४ काे बि टिमलेले प्राप्त गरेकाे हाे ।
महिला तर्फ सिस्ने–४ काे ए टिमले प्रथम स्थान हात पार्दा, सिस्ने–२ ले दोस्रो स्थान हात पारेको छ । त्यस्तै सिस्ने–८ ले तेस्रो स्थान हात पार्न सफल भएकोमा सिस्ने–४ काे बि टिमले सान्त्वना स्थानमै चित्त बुझाएको छ ।

विजयी खेलाडीहरूलाई नगद पुरस्कारका साथै कप, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।


