रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा योङग कम्यूनिस्ट लिग (वाइसिएल) को चौथो गाउँपालिका स्तरिय भेला सम्पन्न भएको छ ।
आज पालिका स्तरिय भएको चौथो भेलाले वाइसिएलको नयाँ नेतृत्व निर्माण गरेको छ ।
सुरेश पुनको अध्यक्षतामा २७ सदस्यीय वाइसिएल त्रिवेणीको नयाँ नेतृत्व चयन गरिएको त्रिवेणी गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष मोहनकिश्वर ओलीले जानकारी दिनुभयो ।
उहाँ अनुसार उपाध्यक्ष हहिबहादुर ओली, सचिवमा भानुभक्त खड्का, सहसचिवमा विबहादुर डाँगी र कोषाध्यक्ष खड्कबहादुर खड्का चयन हुनुभएको छ । नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो ।
वाइसिएलले जिल्लाका छवटै पालिकामा चैत महिना भित्रै पालिका सम्मलेन गर्ने निर्णय गरेको थियो । सोही अनुसार पालिका सम्मनेलन भइरहेका छन् ।