शिक्षा मात्र ज्ञानको उज्यालो होइन, समाज परिवर्तनको मूल आधार हो भन्ने सन्देश बोकेको चेतनामूलक गीत ‘शिक्षक हामी समाजको ऐना हौँ’ सार्वजनिक भएको छ ।
बालकल्याण माध्यमिक विद्यालय, मुसीकोट नगरपालिका ६, झुल्खेत, रुकुम पश्चिममा कार्यरत शिक्षक यामराज ओलीको सृजनामा तयार पारिएको यस गीतले शिक्षकहरूको सामाजिक भूमिका, कर्तव्य र जिम्मेवारी प्रति सकारात्मक सामाजिक सन्देश दिन खोजेको छ ।
गीतका शब्द सर्जक तथा स्वर स्वयम यामराज ओली छ । उनलाई गायनमा जमुना विश्वकर्मा र झरणा श्री ओलीले साथ दिएका छन् ।
लय र निर्देशन चर्चित सर्जक राजु सापकोटाको रहेको छ भने एरेञ्ज, मिक्सिङ र मास्टरिङ संजय श्रीपालले मर्चुङ्गा स्टुडियोमा गरेका हुन । सिनेमाटोग्राफीमा सन्तोष तिमल्सिना, सम्पादन तथा कलर ग्रेडिङमा रोशन धिताल, मेकअपमा शोभना न्यौपाने तथा अभिनयमा रश्मि भट्ट, यामराज ओली, झरणा श्री ओली, शारदा कुमारी पौडेल र पदम बहादुर बटालालाई देख्न सकिन्छ ।
यस गीतले शिक्षकहरू केवल विद्यालयमा मात्र सीमित नरही सामाजिक रूपान्तरणका अग्रदूत हुन् भन्ने गहिरो सन्देश दिन खोजेको छ । शिक्षक यामराज ओली शिक्षण पेशालाई कर्म र धर्म मानी समाज रूपान्तरणमा सक्रिय योगदान दिँदै आएका शिक्षक हुन । उनी भन्छन शिक्षा बदलियो भने समाज बदलिन्छ र यही विचारलाई उनले गीत मार्फत सम्प्रेषण गर्ने प्रयास गरेका छन् ।

गीतले नैतिकता, अनुशासन र शिक्षाको महत्वलाई उजागर गर्दै शिक्षक समुदायको योगदान प्रति सम्मान व्यक्त गरिएकोे छ । यस गीतले देशभरका शिक्षक, विद्यार्थी अभिभावक तथा सामाजिक वर्गहरूलाई गहिरो सोच र जिम्मेवारीको अनुभूति दिलाउने विश्वास गरिएको छ ।
पूरा गीत सुन्न र हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्
https://www.youtube.com/watch?v=Gb-BChUBNiE


