रूकुम पश्चिमकाे मुसिकाेटमा सञ्चालित तेस्राे वडाध्यक्ष कप पुरूष खुला ब्याडमिन्टन प्रतियोगिताकाे उपाधी विशाल बिष्ट र शिखर केसीकाे जाेडीले जितेकाे छ ।
मुसिकाेट नगरपालिका वडा नम्बर २ ले आयाेजना गरेकाे प्रतियाेगिताकाे आज भएको फाइनलमा इश्वर रावल र केहलबिक्रम जिसीकाे जाेडीलाई २-० ले पराजित गर्दै विशाल र शिखरकाे जाेडी प्रथम भएकाे हाे ।
उक्त जाेडीले नगद १७ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । दाेस्राे भएकाे इश्वर र केहलकाे जाेडीले ८ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने नवचन्द्र ओली र राेहित ओली तथा मुस्कान केसी र खिम राेकायकाे जाेडी सान्त्वना भएका छन् ।
दुवै जाेडीले समान २ हजार ५ सय प्राप्त गरेकाे वडा सचिव कमल पुनले जानकारी दिनुभयाे ।
साथै यस प्रतियोगिताकाे उत्कृष्ट खेलाडी शिखर केसी बनेका छन् ।



