रुकुम पश्चिम ।
मुसिकोट नगरपालिका–४, सोलबाङस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले आफ्नो ५८औँ वार्षिकोत्सव तथा अभिभावक भेलाभव्यताका साथ सम्पन्न भएको छ्।
आयोजित कार्यक्रममा नगर प्रमुख महेन्द्र के सी को प्रमुख आतिथ्य रहेको थियो ।
उहाले विद्यालयले स्थानीय शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाको प्रवर्धनमा नगरपालिका सदैव साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
सो अवसरमा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए भने विद्यालयको प्रगतिबारे जानकारीमूलक प्रतिवेदन प्रस्तुत गरिएको थियो।