बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको हायस गाडी दुर्घटना भएको छ ।
सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै आज दिउँसो भे १ ख ३९९४ नम्बरको हायस गाडि दुर्घटना भएको हो ।
गाडी माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा करिव ५० मिटर तल खस्दा चालकसहित १५ जना घाईते घाइते भएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले घाईतेको उद्धार गरेका छन् । घाईते मध्य १४ जनालाई उपचारको लागि नेपालगञ्ज पठाईको छ भने एक जनालाई चौरजहारी अस्पताल ल्याईएको छ ।
घाईते हुनेहरुमा सल्यानको कुमाख गाउँपालिका ४ बस्ने २८ वर्षीय चालक पारस आचार्य, सोहि वडा निवासी ३६ वर्षीय भुपेन्द्र बस्नेत, ६३ वर्षीय टिकाराम आचार्य, ३५ वर्षीया निर्मला बुढाथोकी, १० वर्षीया जेनिशा बुढाथोकी, ७ वर्षीय महेन्द्र बस्नेत, ६२ वर्षीय कलिभान टमाटा, २३ वर्षीय भुवन लामिछाने, सोहि गाउँपालिका वडा नम्वर २ निवासी ३२ वर्षीया दिपा बुढाथोकी, उहाँको ६ वर्षीया छोरी कोपिला बुढाथोकी, वडा नम्वर १ निवासी १६ वर्षीय ईन्द्र रावत र २६ वर्षीय डोेले बस्नेत रहनुभएको छ ।
यसैगरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ निवासी ८४ वर्षीया चन्द्री बिष्ट, ३१ वर्षीया कुन्ता बिष्ट र सुर्खेतको भेरीगंगा नगरपालिका ९ निवासी ३१ वर्षीया तुलसा सुनार घाईते हुनुभएको छ ।
घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको बताईएको छ । गाडी अनियन्त्रित भएर नेटा नजिकैको माथिल्लो मोडबाट करिब ५० मिटर तलको मोडमा पुगेको प्रहरीले जनाएको छ ।