रुकुम पश्चिमको पर्यटकीय स्थल मुसि दरबार क्षेत्रमा देवी भगवतीको आकर्षक मन्दिर निमार्ण गर्न लागिएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ४ स्थित मुसिदरबार क्षेत्रमा पुरातात्विक शैलीमा मन्दिर निर्माण गर्न लागिएको हो ।
मुसी दरबार क्षेत्रलाई नगरको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले मन्दिर लगाएतका अन्य भौतिक संरचनाहरुको निमार्ण गर्न लागिएको मुसिकोट नगरपालिका रुकुम पश्चिमका नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।
पर्यटन क्षेत्रका लागि नगरमा थुप्रै सम्भावना भए पनि त्यसको संरक्षण नहुदा ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई संरक्षण गर्न नगरपालिका लागेको उहाँले बताउनुभयो ।
त्यस क्षेत्रमा पहिले भएको मन्दिर गत कार्तिक १७ गतेको भुकम्पका कारण जिर्ण बनेपछि,नयाँ बनाउन लागिएको हो ।
केन्द्र सरकारको १ करोड बजेटले मुसीदरबार क्षेत्रमा २ तले मन्दिर,कम्पाउण्ड वाल र २ ओटा प्रवेश द्धार निमार्ण गरीने छ । २०८२ सालको असार मसान्त सम्म काम सक्ने गरी टेण्डर प्रक्रिया मार्फत दसनामी निमार्ण सेवा मुसिकोट ४ ले काम गरिरहेको छ ।



