रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५० करोड २५ लाख ७४ हजार ५ सय ६३ बजेट पेस गरेको छ ।
आज १८ औँ गाउँ सभाकाे बैठकमा गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले आगामी आर्थिक वर्षको लागि उक्त बजेट पेस गर्नुभएको हो ।
कुल बजेट मध्ये सङ्घीय समानीकरण अनुदान तर्फ ८ करोड ७७ लाख, सशर्त अनुदान तर्फ २२ करोड ७० लाख, विशेष अनुदान तर्फ १ करोड ३० लाख, समपूरक अनुदान तर्फ १० करोड ४० लाख, राजश्व बाँडफाँट तथा आन्तरिक उत्पादन ९ करोड, ८३ लाख ९४ हजार ९ सय ८ र प्रदेश समानीकरण अनुदान तर्फ १० करोड ४८ लाख ९ हजार बजेट प्रक्षेपण गरिएको छ ।