रुकुम पश्चिम, २०८२ असार ३ गते।
मुसिकोट नगर प्रहरीले सार्वजनिक स्थानमा अनधिकृत रूपमा राखिएका प्रचार सामग्री हटाएको छ। शुक्रवार बिहानदेखि गरिएको कारबाहीमा होर्डिङ बोर्ड, पर्चा–पम्पलेट, व्यानरलगायतका सामग्री तीन दर्जनभन्दा बढी संख्यामा हटाइएको नगर प्रहरी सहायक निरीक्षक उमेश केसी ले जानकारि दिनुभयो।
उहाका अनुसार सार्वजनिक स्थानको सौन्दर्यीकरण तथा स्वच्छ वातावरण कायम गर्नका लागि यस्तो अभियान चलाइएको हो। अनुमतिबिनै सडक, पर्खाल, बिजुलीका पोल तथा अन्य सार्वजनिक स्थलमा टाँसिएका विज्ञापन सामग्री हटाइएको बताउनु भयो ।
नगर प्रहरीले यस किसिमका गतिविधि नगर्न व्यवसायी, संघ–संस्था र सर्वसाधारणलाई आग्रह गरेको छ। नियम विपरीत सामग्री राख्नेहरूमाथि आवश्यक कारबाही हुने नगर प्रहरीले चेतावनी दिएको छ।