ठुलीभेरी नदिमा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ र जाजरकोटको नलगाड ८ को मन्मैस्थित ठुलीभेरी नदिमा जाजरकोटको नलगाड नगरपालिका –८ निवासी टेकबहादुर नेपालीको छोरी १६ वर्षीया भगवती नेपालीको मृत्यु भएको हो ।
भेरीनदिबाट उद्धार गरेर ल्याईएकी भगवतीलाई आठबिसकोट नगर अस्पतालमा मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार पौडी खेल्न गएका अन्य दुई जना भने बेपत्ता रहेका छन् । जाजरकोटको नलगाड नगरपालिका –८ निवासी सुरेन्द्र कुसारीकी १२ वर्षीया छोरी आशा कुसारी र १० वर्षीय छोरा महेश कुमारी बेपत्ता रहेका छन ।
प्रहरी, स्थानीयवासी र आफन्तहरुले उनीहरुको खोजीकार्य गरिरहेका छन् ।



