रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको वडा नम्बर ९ गिजास्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गएराती राडीबाट कोट जोड्ने भित्री सडक खण्डमा सिमेन्ट लिएर जाँदै गरेको रा १ ३८८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक त्रिवेणी गाउँपालिका ५ का २० वर्षीय नविन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको हो । ट्याक्टर सडक देखि ४ सय मिटर तल खोल्सामा खसेको थियो । ट्याक्टर दुर्घटना हुँदा चालकको शरिरको बिभिन्न भागमा चोट लागेको थियो ।
उद्दार गरी उपचारको लागि नगर अस्पताल आठबिसकोटमा ल्याएकामा गएराती १० बजे चिकित्सकले मृत्यु घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक ॠषि पाठक जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्टरमा चालक मात्र रहेको रहेका थिए ।