रुकुम पश्चिमको आठविसकोट नगरपालिका राडीमा रहेको नापी कार्यालको डिजिटल वोर्डमा ह्याक भएको छ ।
आइतबार विहानदेखि नापी कार्यालयको डिजिटल साइनवोर्ड ह्याक भएको हो । ह्याकरले नापी कार्यालयको साइनवोर्ड ह्याक गरेर ‘I love you Pramilaa I Really love youÚ’ लेखिएको छ ।
यस विषयमा छलफल भइरहेको आठविसकोट नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । ‘साइनबोर्डको डिस्प्ले आज विहान ह्याक भएको खवर आएको थियो, यस विषयमा हामी छलफलमै छौ अनुसन्धान भइरहको छ’ उहाँले भन्नुभयो ।
आज विहानैदेखि सामाजिक सञ्जालमा नापी कार्यालयको वोर्डमा ‘‘आई लभ यू प्रमिला, आई रेल्ली लभ यू’’ लेखेको फोटो भाइरल भएको थियो ।


