नेकपा माओवादी केन्द्रको सहायक संगठन योंग कम्युनिष्ट लिग वाईसीएल नेपाल रुकुम पश्चिमको पाँचौँ जिल्ला सम्मेलन वैशाख २५ र २६ गते हुने भएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ को शेरिगाउँस्थित सहिद प्रतिष्ठानको सभाहलमा सम्मेलन हुन लागेको हो ।
वाईसीएल नेपाल रुकुम पश्चिमका संयोजक गोविन्द ओलीले सम्मेलनको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला सम्मेलनलाई लक्षित गरेर जिल्लाका सबै ६ वटै पालिकामा पालिका सम्मेलन सम्पन्न भएका छन् । सम्मेलनमा करिब १ हजार युवा उतार्ने तयारी गरेको उहाँले बताउनुभयो ।
त्यस्तै सम्मेलनमा करिब २ सय प्रतिनिधि सहभागी हुने र उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने संयोजक ओलीले जानकारी दिनुभयो ।