वाईसीएल नेपाल रुकुम पश्चिमको पाँचौँ जिल्ला सम्मेलन मुसिकोट नगरपालिका ५ सेरिगाउँ शहिद प्रतिष्ठानकाे हलमा सुरु भएको छ ।
सम्मेलनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले आज उद्घाटन गर्नुभएको हो ।
जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधि, प्रवेक्षक तथा अन्य युवाहरुको सहभागीता रहेको छ । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आजै सकिने वाईसीएल रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द ओलीले जानकारी दिनुभयो ।
वाईसीएलका जिल्ला संयोजक गोविन्द ओलीको अध्यक्षतामा शुरु भएको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख र पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार शर्मा कुशलको विशेष आतिथ्यता रहेको छ ।
वाईसीएलका केन्द्रीय सचिव शैलेशकुमार शर्मा, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज टक्कबहादुर शाही, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिन, पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य देविलाल गौतम लगायतको आतिथ्यता रहेको छ ।

वाईसीएल नेपाल रुकुम पश्चिमका जिल्ला सहसंयोजक दलजित नेपालीकाे स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन लालबहादुर बिष्टले गरिरहनुभएको छ ।


