नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल नेपाल खेलकुद महासंघ रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
आज मुसिकोट नगरपालिका -५ सेरिगाउँमा रहेको सहिद स्मृति प्रतिष्ठानमा सम्पन्न भएको हो ।
सम्मेलनले प्रकाश बिकको अध्यक्षमा २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
जसको उपाध्यक्षमा ननिव ओली, सचिवमा करण के.सी., सहसचिवमा पोषण मल्ल र बिकल्प ओली तथा कोषाध्यक्षमा कमल सुनार चयन हुनुभएको छ ।