रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३, बेल्टापु रंगशालामा प्रथम सानीभेरी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ ।
सानीभेरी समृद्धिको आधार, कला संस्कृति कृषि, पर्यटन, उद्योग व्यापार, हाम्रो मूल आधार भन्ने मूल नारा सहित यहि जेठ १२ देखि २३ गतेसम्म सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुकुम पश्चिमको आयोजनामा गरिएको महोत्सवको संरक्षक सानेभेरी गाउँपालिका रहेको छ ।
महोत्सवमा नायक तथा मोडल पल शाह, हास्यकलाकार जोडी धुर्मुस-सुन्तलीका साथै राजु परियार, बद्री पंगेनी, विष्णु खत्री, ज्योती मगर, प्रकाश सपुत लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ ।


