प्रतियोगितामा मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाका खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार र द्वितीय हुने टिमले २० हजार रुपैयाँ पुरस्कारका साथै कप प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने उत्कृष्ट एकजना खेलाडीलाई म्यान अफ द सिरिज अन्तर्गत एउटा साइकल पुरस्कार र नगद सहित कप प्रमाणपत्र प्रदान गरिने छ ।
साथै प्रत्येक विधाका उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
जिल्ला क्रिकेट संघका उपाध्यक्ष गोपाल लामिछानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको विषेश आतिथ्यता रहेको थियो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, शसस्त्र प्रहरी बलका प्रमुख मदनबहादुर धानुक, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, ६ नम्बर वडा अध्यक्ष भानु मल्ल, पत्रकार लागायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन क्रिकेट संघका सचिव मनिष खड्काले गर्नभएको थियो ।