रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं १ बालमन्दिर हलमा आजदेखि औद्योगिक प्रदर्शनी शुरु भएको छ ।
उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि भन्ने नाराका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा औद्योगिक प्रदर्नशन भएको हो । प्रर्दशनका लागि जिल्लाका छ वटै पालिकामा संचालन रहेका उद्योग व्यवसायिहरुले आफ्नो उद्योगमा उत्पादन भएका सामम्री प्रर्दशनमा राखेका छन् ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्य राखेर उक्त प्रदर्शनीको आयोजना गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओलीले जानकारी दिनुभयो । यस अवसरमा पाएक पर्ने महानुभावहरूलाई प्रदर्शनी अवलोकन गर्न तथा आवश्यक सामग्रीहरू खरिद गरी उद्यमशीलतालाई प्रोत्साहन दिन समेत अनुरोध गरिएको छ ।
जिल्लाका छवटै पालिकाबाट १८ वटा उद्योगहरुले प्रदर्शनीमा भाग लिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । प्रर्दशनीमा अल्लोबाट निर्मित कपडा, अचार, मुढा, ठेकी, नेपाली कागज, कापी लगायतका उद्योगमा उत्पादन भएका सामग्री प्रदर्शनमा राखिएको छ ।
प्रर्दशनमा स्थान प्राप्त गर्ने व्यवसायिलाई भोली छनोट गरी पुरस्कृत गरिने कार्यालय प्रमुख ओलीले बताउनु भयो ।