रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् ।
तलब नपाएको भन्दै छात्रवृत्तिका १३ जना स्वास्थ्यकर्मीले आजबाट आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।
उक्त अल्टिमेटम समय पूरा भइसक्दा पनि सम्बन्धित निकायले कुनै पहल नगरेका कारण सेवा बहिष्कार गर्न बाध्य भएको मेडिकल अधिकृत डा. प्रदिप श्रेष्ठ बताउनुभयो ।
पटक पटक लिखित तथा मौखिक जानकारी दिँदा पनि कुनै सुनुवाइ नहुँदा आजबाट बाध्य भएर सेवा बष्हिकार गरेको श्रेष्ठकाे भनाइ छ ।
छात्रवृत्ति करारमा कार्यरत मध्येका तलब–भत्ता नपाउनेमा मेडिकल अधिकृत ७, डेन्टल सर्जन २ र जनस्वास्थ्य अधिकृत ३ जना रहेको छन् ।
यसअघि यही कार्यालयमा काम गरेर बिदाइ भएका ३ मेडिकल अधिकृत र १ डेन्टल सर्जन गरी ४ जनाले पनि अहिलेसम्म तलब–भत्ता नपाएको उहाँको भनाइ छ ।








