योङ्ग कम्युनिष्ट लिग वाईसीएल नेपाल रुकुम पश्चिमले बजार क्षेत्रको फोहोर सरसफाइ गरेको छ ।
जिल्लाको सानीभेरी गाउँपालिका वडा नं ९ सिम्ली बजार क्षेत्रको आज वाइसीएलले फोहोर व्यवस्थापन गरेको हो । वाईसीएलको नेतृत्वमा सडक विभाग, नगरप्रहरी लगायतले बजार क्षेत्रको महिनौं देखि थुप्रिएको फोहोर सरसफाइ गरेको वाइसीएल नेपालका जिल्ला संयोजक गोविन्दप्रकाश ओलीले जानकारी दिनुभयो ।
आफ्नो गाउँ समाजको फोहोर आफै व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश दिन बजार क्षेत्रको फोहोर सरसफाइ गरिएको उहाँले जानकारी दिनुभयो । सरसफाइमा खटिने स्थानीय, सडक विभाग, गाउँप्रहरी सबैलाई वाइसीएलले धन्यवाद दिएको छ ।