प्रेस सेन्टर नेपाल आठविसकोट नगरपालिका रुकुम पश्चिमको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
आज आठविसकोट नगरपालिकामा भएको तेस्रो नगर अधिवेशनबाट इतिहास परियारको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमा सुवास बटाला, सचिवमा सन्तोश केसी, सह सचिवमा रमेश केसी र कोषाध्यक्ष विमला चन्द चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा भगवती थापा, गोविन्द बुढा, सन्तोश शिर्पाली, आशा विक, रेश्मा विक, मणिकर्ण बुढा र सल्लाहकारमा महेश मल्ल चयन गरिएको छ ।