रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २ ख ६५०२नम्वरको हाइस गाडी गएराती सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा गाडी दुर्घटना भएको छ ।
कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना महिला र दुई जना पुरुष रहेका छन् । अन्य केहि घाईते रहेका छन् । घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।
घाईतेहरुको उद्धार गरेर उपचारको लागि दाङ पठाईएको उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । मृतक र घाईतेहरुको पहिचान खुलेको छै न ।
गाडी सडकबाट करिब चार सय मिटर तल खोलामा खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकि रहेको छ ।