रूकुम पश्चिमकाे आठबिसकाेट नगरपालिकामा वडा नम्बर ९ बगरमा ट्याक्टर दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यालय आठबिसकाेट प्रमुख प्रहरी निरीक्षक गणेश खनालका अनुसार ट्याक्टरको अगाडिको भाग ठुलीभेरी नदीकाे किनारामा छ भने ट्रली नदीमा बगेकाे छ ।
अहिले घटना स्थलमा प्रहरी पुगेकाे छ । ट्याक्टरमा चालक र सहचालक रहेकाे भनिएकाे छ । सहचालकलाई उपचारका लागि लगिएकाे र चालक भने फरार रहेकाे प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयाे ।
तीव्र गतिका कारण अनियन्त्रित भएर ट्याक्टर भेरीमा खसेकाे जानकारी रहेकाे र घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे उहाँले बताउनुभयाे ।