जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले लागुऔषध अफिम र चरेस सहित २ जनालाई पक्राउ गरेको छ ।
सानीभेरी गाउँपालिका वडा नम्बर ३ बाट दुई जनालाई २ केजी अफिम, १ टुक्रा चरेस र नगद ७८ हजार ३ सय ५ रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
पाठकका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ३ भलाचौर निवासी ७२ वर्षीय अनन्ते पुन र कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वस्ने ३५ वर्षीय कमल थापा रहेका छन् ।
बिहिबार अपरिचित व्यक्तिले मोटरसाईकलमा अफिम लैजादै गरेको भनेर प्रहरीलाई गोप्य सूचना दिएको थियो । सोहि सूचनाको आधारमा प्रहरी चौकी सिम्लीबाट प्रहरी सहायक निरीक्षक तारा बहादुर डाँगीको कमाण्डमा दुई जनाको प्रहरीटोली उक्त स्थानतर्फ गएको थियो ।
उनीहरु प्रहरी देख्ने बित्तिकै भाग्न खोजेका थिए । प्रहरीले रोकेर सवार मोटरसाईकल चेकजाँच गर्दा दुई किलो अफिम, एक टुक्रा चरेश र ७८ हजार ३०५ रुपियाँ प्रहरीले उनीहरुको साथबाट बरामद गरेको छ ।
त्यस क्रममा मोटरसाईकल छोडेर भाग्न खोजेका कमल थापा भिरबाट लडेर बाँया कुममा चोट लागेको समेत प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।
दुबै जनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । स्थानीयका अनुसार पुन स्थानीय सम्पर्क व्यक्ति र थापा अफिम कारोबारमा संलग्न व्यापारी रहेको आशंका रहेको छ ।
रुकुम पश्चिममा प्रहरीले पछिल्लो समय अवैध अफिम खेतीको फडानी, कारोबारीहरु नियन्त्रण, सचेतना फैलाउने कार्यहरुलाई प्राथमकिता दिएको छ ।
Happy
0%
0
Sad
0%
0
Excited
0%
0
Angry
0%
0
Surprise
0%
0
Sleepy
0%
0