रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजार नजिकै मिनि ट्रक दुर्घटना भएको छ ।
आज साँझ दाङबाट मिनिरल वाटर बोकेर रुकुम आएको रा १ क १४१२ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
सिम्रुतु प्रहरी चौकीका अनुसार दुर्घटनामा दुइ जना गम्भीर घाइते भएको र घाइतेलाई अहिले उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाउन लागिएको छ ।
दुर्घटनाको थप विवरण आउन भने बाँकि छ ।


