रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ छेरामा मिनिट्रक र मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन् ।
आज(शुक्रबार) बिहान मुसीकोट नगरपालिका–४ को सोलाबाङबाट माछिमीतर्फ जाँदै गरेको रा ५ प ७० नम्बरको मोटरसाइकल सानीभेरीको सिम्लीबाट दाङतर्फ जाँदै गरेको रा १ ख १४९३ नम्बरको मिनिट्रकमा ठोक्किएको हो ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुईजना घाइते रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका ७ निवासी टीकाराम केसी र भीमप्रकाश डाँगी रहेको प्रहरी चौकी सोलाबाङले जनाएको छ।
घाइते दुवैजनालाई जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
ट्रक चालक सल्यानका निर्मल बिक फरार रहेको र उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।



