रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भूकम्प प्रतिरोधी घर निर्माण गर्न डकर्मीहरुलाई तालिम दिइएको छ ।
कर्णाली भूकम्प पुनर्लाभ परियोजना अन्तर्गत सानीभेरी गाउँपालिकाका २० जना व्यक्तिलाई डकर्मी तालिम प्रदान गरिएको हो । पालिकाको वडा नम्बर १, २ र ४ नम्बर वडाका २० जना व्यक्तिलाई सात दिने डकर्मी तालिम प्रदान गरिएको ४ नं वडा अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो ।
तालिमका सहभागिहरुलाई भूकम्प प्रतिरोधी घर निर्माण कसरी गर्ने, कस्तो स्थान छनोट गर्ने, अपाङ्ग मैत्री घर निर्माण लगायतका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिकाएको पाँचतारा युवा संरक्षण मञ्चका अनुगमन तथा मूल्याङ्कन अधिकृत श्याम जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमको अवसरमा सानीभेरी माध्यमिक विद्यालयमा एक वटा शौचालय पनि निर्माण गरिएको छ । डकर्मी तालिमको एक कार्यक्रमका विच समापन गरिएको हो ।
तालिमका सहभागिहरुलाई गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पाँचतारा युवा संरक्षण मञ्चले आयोजना गरेको सात दिवशिय अपाङ्गता समावेशी डकर्मी तालिमको आर्थिक सहयोग सिविएम नेपालले गरेका थियो । भने सानीभेरी गाउँपालिकाले सहजिकरण गरेको थियो ।