रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ३ सय २४ आमाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको छ ।
चालु आर्थिक वर्षदेखि हालसम्म पालिकामा ३ सय ३४ आमाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण गरिएको हो । जस मध्ये २२ जना महिलाई रिफर गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाभर २ हजार ३ सय ८० आमाहरुको आङ खस्ने समस्याको परिक्षण गरिएको छ । जसमा पालिकामा उपचार सम्भव नभएपछि २२ जनालाई जिल्ला बाहिर रेफर गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै पछिल्लो समय स्वास्थ्य चौकीमा प्रसुति बनाउने महिलाको संख्या पनि बढेको छ । संस्थामा प्रस्तुति बनाउने दर ७४ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
त्यस्तै पालिकाले २५ जनालाई मासिक ५ हजार रुपैयाँका दरले उपचार सहयता उपलब्ध बनाएको छ भने चालु आर्थिक वर्षमै पालिकाले ५४ जनालाई विपन्न नागरिक उपचार सहायता वितरण गरेको छ । यस वर्ष पालिकामा १५ सय ८० जनाले एचपिभि खोप लगाएको गाउँपालिकाले जनाएको छ ।