रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित युवा जनजागरण माध्यमिक विद्यालय झुल्नेटामा मा वि स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
किवानिज इन्टरनेसनल क्लव अफ खाराको आर्थिक तथा प्राविधिक सहयोग र सहीद स्मृती युवा क्लव त्रिवेणी गाउँपालिका–३ को व्यवस्थापनमा आज उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा गाउँपालिकाभित्रका सात वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ८ पेउघा प्रथम स्थान हासिल गर्दै ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै द्वितीय जनशक्ति माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ६ विताडाँडा तथा साधारण माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ७ मुरुडाँडाले तृतीय स्थान प्राप्त गर्यो भने युवा जनजागरण माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका–३ झुल्नेटा सान्तोना भएको थियो ।
दोस्रो, तेस्रो र सान्तोना स्थान प्राप्त गर्ने समूहहरूले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
सहिद स्मृति क्लवका अध्यक्ष सर्वजीत ओलीको स्वागत मन्तव्यबाट सुरु भएको प्रतियोगिताको किवानिज इन्टरनेसनल क्लव अफ खाराका अध्यक्ष वीर बहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो।
उद्घाटन समारोहमा क्लवका बोर्ड अफ ट्रस्टी मोहन लम्सालको प्रमुख आतिथ्यता तथा त्रिवेणी गाउँपालिका ३ का वडाध्यक्ष दिपेन्द्र कुमार ओलीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा क्लवका सल्लाहकार भरत प्रसाद ढुङ्गेल, अक्सफोर्ड विश्वविद्यालयका ग्लोबल लिडर नरबहादुर टण्डन, क्लवका कोषाध्यक्ष राजन प्रसाद न्यौपाने, डिभिजन एल टी विकास लम्साल, बाइलज युवराज न्यौपाने, विद्यालयका प्रधानाध्यापक टिकाराम खडका, विभिन्न विद्यालयका शिक्षक, पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन क्लवका सचिव भीम रसाइलीले गर्नुभएको थियो।