योङग कम्युष्टि लिग(वाइसिएल) नेपाल रुकुम पश्चिमले जिल्लाका छवटै पालिकामा सम्मेलन गर्ने भएको छ ।
बुधबार सेरिगाउँमा बसेको बैठकले सम्मेलनको मिति र सम्मेलन सम्पन्न गर्न जिम्मेवारी तोकिएको वाइसिएलका जिल्ला संयोजक गोविन्दप्रकाश ओलीले जानकारी दिनुभयो ।
ओलीका अनुसार चौरजहारी नगरपालिका र बाँफीकोट गाउँपालिकामा चैत २५ गते, सानीभेरी गाउँपालिकामा २७ गते, मुसिकोट नगरपािलका र त्रिवेणी गाउँपालिकामा २८ गते र आठविसकोट नगरपालिकामा २९ गते सम्मेलन गर्ने मिति तोकिएको छ ।
त्यस्तै सम्मेलन सम्पन्न गर्न आठविसकोट नगरपालिका शुसिला शाहि, दलजित विक र गोविन्द ओली, त्रिवेणी गाउँपालिकामा जनककुमार विश्वकर्मा, सानीभेरी गाउँपालिकामा बालकुमार नकाललाई जिम्मेवारी दिएको छ ।
त्यस्तै मुसिकोट नगरपालिकामा डम्मर थापा र राजु विक, चौरजहारी नगरपालिकामा लाबहादुर विष्ट र एल.वि कटुवाल, बाँफिकोट गाउँपालिकामा सौरभ केसीलाई जिम्मेवारी दिएको वाइसिएल रुकुम पश्चिमले जनाएको छ ।