नेकपा माओवादी केन्द्रको सहायक संगठन याेङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल सिस्ने गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
रुकुमकोटमा आज सम्पन्न सम्मेलनबाट यादव रेउलेको अध्यक्षतामा ४१ सदस्यीय सिस्ने गाउँपालिका समिति सर्वसम्मत रुपमा निर्वाचित गरिएको हो ।
जस्को उपाध्यक्षमा रमेश सुनार, मदन खड्का र ललिता माझाकोटी चयन हुनुभएको छ । सचिवमा हरि खड्का, सह-सचिवमा सुनिल विक र कोषाध्यक्षमा विनोद बुढा चयन हुनुभएको छ ।
वाइसीएल नेपाल सिस्ने गाउँपालिका इन्चार्ज दतराम खत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त सम्मेलनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य जीवन केसी, पार्टीका सिस्ने गाउँ समिति सह-सचिव सुधन रेग्मी, वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनबहादुर बुढाथोकी ‘बिद्रोही’, केन्द्रीय सदस्य टिकासाही घर्ती, जिल्ला संयोजक नामेन्द्र सुनार, वाइसीएल नेपाल प्रदेश सदस्य प्रकाश कार्की, सिस्ने शिक्षा क्याम्पसका स्ववियु अध्यक्ष तथा अखिल क्रान्तिकारी रूकुम पूर्वका सचिव अम्मर खत्री लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नन्दाराम माझाकोटीले गर्नुभएको थियो ।