नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल रूकुम पूर्वकाे पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सोमबार रुकुमकोटमा सम्पन्न सम्मेलनले नामेन्द्र सुनारको अध्यक्षतामा सर्बसहमतीबाट ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्ष रमेश कुमार पुन, भावना बुढा र मुस्कान शाही, सचिबमा बिकास दमाई, सह सचिब भावना विक, सुक्रराज विक र शंकर बुढा तथा कोषाध्यक्षमा गिता खड्का चयन भएको वाईसीएल नेपालका रुकुम पुर्ब जिल्ला इञ्चार्ज मनबहादुर बुढाथोकी (विद्रोही)ले जानकारी दिनुभयो ।