रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । ५ जना गम्भीर घाइते भएका छन् । स्थानीय युवा विजय अधिकारीका अनुसार अहिले घटना स्थलमा उद्धारकाे काम चलिरहेको छ ।
अहिलेसम्म ८ जनाको शव फेला परेकाे र ५ जना गम्भीर घाइते रहेको स्थानीय युवा विजय अधिकारीले बताउनुभयो ।
खलङ्गाबाट स्यालाखदी तर्फ गइरहेको रा १ ज ४२२ कने जिप बाँलिकाेट गाउँपालिका र आठबिसकाेट नगरपालिकाकाे सीमा झारमारेमा दुर्घटना भएको हो ।
गाडी चालक टोपजंग बुढा रहेको र उहाँ गम्भीर घाइते रहेको बताइएको छ । जिपमा सिट क्षमता भन्दा बढी यात्रु रहेको बताइएको छ ।

