रुकुम पश्चिममा कविता प्रतियोगिता सहित बृहत सिर्जना उत्सव कार्यक्रम हुने भएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा चैत २२ र २३ गते कविता प्रतियोगिता तथा सिर्जना उत्सव कार्यक्रम हुन लागेको हो । चैत महिनाभित्र परिषदको वार्षिकोत्सव र जिलाव्यापी कविता प्रतियोगिता सँगै बृहत साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको राप्ती राहित्य परिषद्का जिल्ला अध्यक्ष मनलाल ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कविता प्रतियोगितामा भाग लिन चाहाने व्यक्तिलाई चैत १० गतेभित्र कविता पठाइसक्न यसस अघिनै सूचना गरिसकिएको छ । जिल्लाभरबाट चैत १० गतेभित्र प्राप्त भएका कविताहरूमध्ये समितिले त्कृष्ट २५ कविताहरू छनौट गरी पुनः प्रतिष्पर्धा गराएर सिर्जना उत्सवका दिनमा पुरस्कृत कविताहरू बाचन गरिने छ । त्यस्तै कविता प्रतियोगिता तथा सिर्जजना उत्वसको अवसरमा सांस्कृतिक झाँकीहरूको छनौट गरी प्रर्दशन गरिने समेत अध्यक्ष ओलीले जानकारी दिुनुभयो ।
कविता पतियोगिता तथा सिर्जजा उत्सवको लागि मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । दुई दिनसम्म संचालन हुने कार्यक्रममा नेपाली कला साहित्य डटकम प्रतिष्ठानबाट २० जनाभन्दा बढी साहित्यकार लगायत राप्ती साहित्य परिषदका केन्द्रीय पदाधिकारीहरू र छिमेकी जिल्लाका साहित्यकारहरुले पनि भाग लिने आयोजकले विश्वास लिएको छ ।
कार्यक्रमलाई सफल बनाउ विभिन्न समिति पनि निर्माण गरिएको छ । साहित्यकार पूर्ण ओलीको संयोजकत्वमा ५ जना सदस्य रहेको आर्थिक स्रोत साधन व्यवस्थापन एवम् प्रचारप्रसार समिति, साहित्यकार हरिप्रसाद खनालको संयोजकत्वमा ८ जना सदस्य रहेको कविता सङ्कलन तथा छनौट समिति र लोकगायक अरुण शाहको संयोजकत्वमा ७ जना सदस्य रहेको सांस्कृतिक समिति निर्माण गरिएको छ ।
उक्त समितिले कार्यक्रम सफल बनाउ महत्वपूर्ण भुमिका खेल्ने छ । साथै थप आवश्यक आर्थिक स्रोत खोजि तथा कार्यक्रमको प्रचारप्रसारको जिल्मा आर्थिक समितिले लिएको आयोजक राप्ती साहित्य परिषद रुकुम पश्चिमले जनाएको छ ।