माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमले कमाण्ड इन्चार्च तोकेको छ ।
आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनलाई लक्षित गरेर जिल्लाका ८ वटै क्याम्पसमा कमाण्ड इन्चार्जको जिम्मेवारी दिएको हो । शनिबार बसेको संगनको जिल्ला सम्मेलन आयोजक समितिले मुसिकोट खलंगा बहुमुखि क्याम्पसमाको कमाण्ड इन्चार्जमा रमेश लामिछाने केसी, रुकुमेली क्याम्पसमा विशाल विष्ट, राडिज्यूला शिक्षा क्याम्पसमा दिपक केसीलाई कमाण्ड इन्चार्जको जिम्मा दिएको अखिल क्रान्तिकारी जिल्ला सम्मेलन समितिका संयोजक किरण विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार शितल क्याम्पस चौरजहारीमा निराजन केसी, जहारी क्याम्पस खोलागाउँमा भरत विक, सिम्रुतु क्याम्पस त्रिवेणीमा निर्मला बुढाथोकी, स्यार्पू बहुबुखि क्याम्पस बाँफिकोटमा किरण विश्वकर्मा र सानीभेरी शिक्षा क्याम्पस सानीभेरीमा विरभान भण्डारीलाई कमाण्ड इन्चार्जको जिम्मेवारी दिएको छ ।
त्यस्तै नारायण केसीको संयोजकत्वमा २३ सदस्यीय जिल्लामा स्ववियू निर्वाचन परिचालन समिति समेत निर्माण गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । संठगनले जिल्लामा रहेका ८ क्याम्पस मध्ये ४ वटा क्याम्पसमा स्ववियू सभापतिको उम्मेदवार समेत टुङगाएको छ । रुकुमेली क्याम्पस मुसिकोटमा दीपक डाँगी, जहारी क्याम्पस खोलागाउँमा महेश ओली, सिम्रुतु क्याम्पसमा दीपेन्द्र ओली र स्यार्पू बहुमुखी क्याम्पसमा टेकराज विश्वकर्मालाई सभापतिको उम्मेदवार बनाउने निर्णय संठनले गरेको छ । मुसिकोट खलंगा बहुमुखी क्याम्पस, राडिज्युला शिक्षा क्याम्पस, शीतल क्याम्पस र सानीभेरी शिक्षा क्याम्पसमा विशिष्टताका आधारमा पार्टी समेतको संलग्नतामा केही दिनभित्र स्ववियू सभापति टुंगो लगाइने संगठनले जनाएको छ ।
हाल जिल्लाका ८ क्याम्पस मध्ये रुकुमेली क्याम्पस मुसिकोट बाहेक अन्य सबै क्याम्पसको स्ववियुमा अखिल क्रान्तिकारीको नेतृत्व छ ।