रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा ११ ले शहिद परिवारलाई सम्मान गरेको छ ।
वडामा आज एक कार्क्रमको आयोजना गरी जनयुद्धका क्रममा शहिद भएका ९ जना शहिदका परिवारलाई सम्मान गरेको हो। ११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा, शहिद स्मृति प्रतिष्ठान मुसिकोट नगरपालिका ११ ले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाउनु भएका शहिदका परिवारलाई सम्मान गरेको मुसिकोट नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष गोविन्द बहादुर बुढाले जानकारी दिनुभयो ।
नगरपालिकाको आर्थिक बर्ष २०८१।०८२ को बिनियोजित तीस हजार रुपैयाँबाट चिनो स्वरुप सामाग्री खरिद गरि शहिदका परिवारलाई अबिर तथा दोसल्ला ओढाएर सम्मान गर्नुका साथै चिनो स्वरुप काँसका थाली उपहार दिइएको ११ नम्बर वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो । ११ नम्बर वडामा युद्धका क्रममा ९ जना शहिद भएका थिए ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष पदम बहादुर पुन, वडा अध्यक्ष गोबिन्द बहादुर बुढा लगायत वडा सदस्यहरु, प्रतिष्ठानका पदाधिकारीहरु, शहिदका आफन्तहरु र स्थानियबासीको सहभागिता रहेको थियो ।