दार्मा गाउँपालिका वडा नं. १ को नव निर्मित प्रशासनिक भवनको समुद्घाटन समारोह सम्पन्न भएको छ।
समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष निम बहादुर केसी रहनुभएको थियो भने विशेष अतिथिका रूपमा उपाध्यक्ष जुना मल्ल चन्द र प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष टंक बहादुर ओलीले गर्नुभएको थियो।
समारोहमा निशुल्क जग्गा दाता लाल बहादुर सुनारलाई दार्मा गाउँपालिकाको तर्फबाट सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै भवन निर्माणलाई महत्वपूर्ण उपलब्धि भएको बताएका छन ।
भवन निर्माण कार्य भैरब निर्माण सेवाले २०८० साल मंसिर २२ गतेदेखि सुरु गरी २०८१ साल माघ २० गते सम्पन्न गरेको हो। कुल लागत ७७ लाख ३५७ रूपैयाँ ६६ पैसा रहेको छ।
कार्यक्रम सञ्चालन वडा सचिव घमण्ड ओलीले गर्नुभएको थियो । नयाँ वडा कार्यालयको उद्घाटनसँगै स्थानीय प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।