नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पूर्वविशिष्टहरूलाई अहिले दिइएको सुविधा पनि घटाउनुपर्ने बताउनु भएको छ।
सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सेवा-सुविधा दिनेबारे कानून बनाउने भनिरहँदा शर्माले यस्तो बताउनुभएको हो ।
‘सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिनुको सट्टा अहिले दिइएको सुविधालाई घटाएर गरिबीका रेखामुनि रहेका गरिब एवम् मधेसका मुसहरलाई जीविकोपार्जनको लागि लगानी गर्दा न्यायसङ्गत होला,’ शर्माले सामाजिक सञ्जाल फेसबूक मार्फत आफ्नो धारणा व्यक्त गर्नुभएको हो।
सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी कानून बनाउन लागेको कुरा अहिले चर्चामा छ । तर, यसको चौतर्फी विरोध भएको छ। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रै पनि यसको विरोध भएको छ।



