प्रेस सेन्टर रुकुम पश्चिमको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
सोमबार मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको सहिद स्मृति प्रतिष्ठानको सभाहल सेरिगाँउमा विभिन्न निर्णय गर्दै संगठनको बैठक सम्पन्न भएको हो । बैठकले प्रदेश अभिवेशन तथा केन्द्रिय महाधिवेशनमा प्रतिनिधि छनोट, खर्च व्यवस्थापन, सदस्य शुल्क लगायतका विषयमा निर्णय गरेको छ ।
यही चैत १० गते हुने कर्णाली प्रदेशको अधिवेशनको लागि ७ जना र यही चैत १६ र १७ गते हुने केन्द्रिय महाधिवेशनको लागि ५ जना प्रतिनिधी छनोट गरिएको प्रेस सेन्टर जिल्ला समन्वय समिति सचिव सत्यबहादुर बटालाले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले संगठनमा आवद्द सदस्यहरुको शुल्क नियमित, प्रदेश तथा केन्द्रिय महाधिवेशनको लागि खर्च व्यवस्थापन लगायतका विषयमा पनि छलफल गरेको छ । साथै जिल्लाका छ वटै पालिकामा संगठन निर्माण गरी संगठनलाई चलाएमान गराउने लगायतका विषयमा पनि छलफल भएको सचिव बटालाले जानकारी दिनुभयो ।
संगठनका जिल्ला अध्यक्ष मनिष खड्काको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका प्रचार विभाग प्रमुख तथा संगठनका जिल्ला इन्चार्ज मेगराज खड्का, संगठनका पुर्व अध्यक्ष देवकुमार ओली, संगठनका जिल्ला पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।