रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा रहेको रुकुमेली क्याम्पसको निर्वाचन स्थगित भएको छ ।
निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन चैत २० गतेसम्म स्थगित भएको जानकारी बनाएको हो । भोलि हुने भनिएको निर्वाचन चैत २० गतेसम्मको लागि स्थगित भएको निर्वाचन अधिकृत शिवराम खत्रीले जानकारी दिनुभयो ।
फर्जी विद्यार्थी भर्ना गरी मतदाता नामावली सार्वजनिक गरिएको र फर्जी विद्यार्थीलाई उम्मेदवार बनाइएको भन्दै अखिल क्रान्तिकारी लगायतका ५ संगठनले हिजो क्याम्पसमा तालाबन्दी गरेका थिए ।
सोही विषयमा आज नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले एक घण्टाको अल्टिमेटम दिएर क्याम्पसमा लगाएको ताला खोल्न आग्रह गरेको थियो । भने निर्वाचन प्रक्रिया अघि बढाउन समेत विद्यालय प्रशासन र निर्वाचन समितिलाई आग्रह गरेको थियो ।
केही समय पछि निर्वाचन समितिले भने निर्वाचन स्थगित भएको सूचना निकालेको हो ।