रुकुम पश्चिममा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र बाल विवाहका सवालमा सरोकारवालाहरु सगँ छलफल गरिएको छ ।
आज मुसिकोट खलंगामा समता फाउण्डशनले एक कार्यक्रमको आयोजना गरी सरोकारवाला निकायसँग यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र बाल विवाहका सवालमा सरोकारवालाहरु सगँ छलफल गरेको हो । छलफल कार्यक्रममा सहभागिहरुले २०७८ सालको जनगणना अनुसार कर्णाली प्रदेशमा रुकुम पश्चिम बाल विवाह गर्नेमा दोस्रो स्थानमा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
बालविवाह न्यूनिकरण गर्न एक्लै सम्भव नहुने भएको सबैले हातेमालो गर्नुपर्ने, अभिभावक र स्थानीय सरकार यस विषयमा गम्भीर भएर लाग्नुपर्ने सहभागिहरुले जोड दिएका थिए । त्यस्तै अभिभावकले आफ्ना बालबालिकालाई निगरानीमा राख्नुपर्ने, विद्यालय तथा स्थानीय स्तरमा जनचेचना जगाउने खालका कार्यक्रमहरु संचालन गर्नुपर्ने लगायतका सुझाव सहभागिहरुको जोड थियो ।
समता फाउण्डेशनले कर्णाली चेतना परियोजना अन्तर्गत रुकुम पश्चिममा दुई वर्षे परियोजना संचालन गर्दै छ । सोही अवसरमा खलंगमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र बाल विवाहका सवालमा सरोकारवालाहरु सगँ छलफल गरेको हो । बालविवाह न्यूनिकरण तथा महिनावारी सेवा केन्द्र विकास गर्ने समता फाउण्डेशनको उमुख्य उदेश्य रहेकाले सबै सँग सहकार्य गरेर अगाडी बढ्ने समता फाउण्डेशनका अध्यक्ष मदनप्रकाश परिवारले बताउनभयो ।
फाउण्डेशनका अध्यक्ष मदन प्रकाश परियारको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देव बहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, प्रहरी निरीक्षक ऋषि पाठक, जिल्ला अस्पताल सल्लेका डाक्टर केहलविक्रम जिसी, सरकारी वकिल कार्यालका न्याधिवक्ता चन्द्रबहादुर सिजाली, गैरसरकारी संस्थाका प्रमुख लगायत पत्रकारको उपस्थिती रहेको थियो ।

