म्यानमारमा गएको विनाशकारी भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको बताउनु भएको छ ।
‘हामी विश्वभरका सबै एनसीसीहरूलाई विनियोजन गरिएको कोषमा थप्न रकम सङ्कलन कार्यक्रम सुरु गर्न अनुरोध गर्दछौं’, उहाँले भन्नुभएको छ, ‘हामी साँच्चै विश्वभरका नेपालीद्वारा नेपालीको लागि योगदान गर्न चाहन्छौँ।’
म्यानमारको सैन्य परिषद्ले शुक्रबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको जनाएको छ ।
सेनाले भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएको छ । भूकम्पको तीव्रता ७ दशमलव ७ थियो ।
यस भूकम्पको धक्का छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो । थाइल्याण्डमा समेत भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता छन् ।


