अखिल नेपाल महिला संघ रुकुम पश्चिमको आठौँ जिल्ला अधिवेसन सम्पन्न भएको छ ।
एमाले निकट महिला संघको आठौँ जिल्ला अधिवेशन पार्टी कार्यालय बाजबजारमा मंलगबार सम्पन्न भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको पार्टी जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिवेशनले हिमकुमारी केसी रेउलेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्षमा तुलसा राना र हरिसा दमाई, सचिवमा हुकुमकुमारी के.सी.(थापा), उपसचिवमा दोपा कामी र कोषाध्यक्षमा जानकी उपाध्याय चयन हुनुभएको छ ।
सदस्यहरुमा डम्बरा खड्का, मनमती चन्द, दुर्गा खत्री, काली कामी, पवित्रा गिरी, निर्मला गौतम र बिना शाही चयन हुनुभएको छ ।