क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य कृष्णराज पौडेलले संसदयी व्यवस्था असफल भएको बताउनु भएको छ ।
जनसम्बन्ध बिस्तार अभियानको सिलसिलामा आज रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्थायी कमिटी सदस्य पौडेलले बिभिन्न दलहरु बिभिन्न सपनाहरु बोकेर सत्तामा गएपनि तिनिहरुले जनअपेक्षा अनुसार काम गर्न नसक्दा अहिलेको व्यवस्था समेत संकटमा परेको र समग्रमा देशनै संकटमा परेको बताउनुभयो ।
सत्तामा गएकाहरु बिदेशीको इशारामा चलेकै कारण देशमा भष्ट्रचार र माफियाको हालिमुहाली भएको बत्ताउनुभयो । जसको फलस्वरुप बिकल्पको नाममा राजाबादीहरु उठन् खोजेको बत्ताउदै,अब नेपालमा राजतज्त्र फर्किने सम्भावना नरहेको नेता पौडेलले जिकिर गर्नुभयो ।
राजतन्त्रको अन्त्य पछि पनि सामन्ति जग भत्काएर त्यसलाई पुजिवाद तर्फ लानु पर्नेमा फेरी पनि दलहरु त्यहि सामन्ति पुजिबाद तर्फ अघि बड्दा बिभिन्न क्षेत्रमा माफियाहरुको हालिमुहालि बढ्दै गएको बताउनुभयो ।
बर्तमान व्यवस्था असफल भईसकेकाले अबको बिकल्प नै नयाँ जनबादी राज्य व्यवस्था भएको बत्ताउदै नेता पौडेलले जनबादी राज्य व्यवस्थाभित्र शिक्षा,स्वास्थ्य,सामाजिक न्यायको सुनिश्चितता संगै स्वतन्त्र पुजिबादको बिकास हुने उहाले बताउनुभयो ।
समान पहुँच,सुरक्षा समानता,रोजगारीको ग्यारेन्टी समेत यो व्यवस्थामा कायम हुने भएकाले अबको उन्नत व्यवस्था भनेको नै नयाँ जनबादी राज्य व्यवस्था भएको बताउनुभयो ।
यो व्यवस्था स्थापित गर्न सबै क्रान्तिकारी शक्तिहरु एक भएमा मात्र सफल हुने भएकाले सबै क्रान्तिकारी शक्तिलाई एक हुन पनि आग्रह गदै त्यसको अगुवार्ई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले गर्ने बताउनुभयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको चैत्र ४ गतेदेखि सुरु भएको जनसम्बन्ध बिस्तार अभियान बैशाख १८ गते काठमाण्डौमा गएर सकिने छ ।