रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ नम्बर वडामा DDA सर्वेक्षण कार्य सम्पन्न भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यबस्थापन प्राधिकरण काठमाण्डौंबाट खटी आएका इन्जिनियर श्री कृष्ण श्रेष्ठ र अंकित गिरीकाे नेतृत्व तथा वडाकाे सहजीकरणमा वैशाख २ गतेदेखि ५ गतेसम्म निरन्तर रुपमा सबै टाेलबस्ती पुगेर DDA सर्वेक्षण कार्य सम्पन्न गरिएको हाे ।
२०८० कार्तिक १७ गते गएको भुकम्पबाट क्षति भएका र जिल्ला विपद व्यवस्थापन समिति रुकुम पश्चिमको सूची अनुसार मुसिकोट नगरपालिका ११ वडामा रहेका ९१ घरधुरीका निजी आवासहरुकाे विस्तृत क्षति आँकलन कार्य (DDA) सम्पन्न गरिएको वडा अध्यक्ष गोविन्द बहादुर बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि अस्थायी आवास निर्माण कार्य सम्पन्न भई दुवै किस्ता प्राप्त गरि भुकम्प पीडित लाभग्राही कायम भएका ९१ घरधुरीको क्षति मुल्याङ्कन गरिएको छ । वडाको विस्तृत क्षति आँकलन कार्य (DDA) सम्पन्न पश्चात स्थलगत अनुगमनमा खटिएका इन्जिनियर द्वय श्रीकृष्ण श्रेष्ठ र अङ्कित गिरीलाई वडाको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिएको छ । साथै वडा कार्यालयले उहाँहरुलाई निरन्तर रुपमा फिल्डमा खटिएर उक्त कार्य सम्पन्न गरेकोमा दोसल्ला ओढाएर सम्मान गरेको ११ नं वडा सचिव धनकुमार शाहीले जानकारी दिनुभयो ।








