रुकुम पश्चिममा चैत महिनादेखि हालसम्म २ सय ३३ रोपनीमा लगाइएको लागुऔषध अफिम खेती नष्ट गरिएको छ ।
चैतको पहिलो सातादेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।
आठविसकोट नगरपालिका १ मा ४०, वडा नं २ मा २३ र वडा नं ३ मा ५० रोपनीमा लागाइएको लागुऔषध अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।
त्यस्तै वडा नं ५ मा १८, वडा नं ७ मा २६, वडा नं १२ मा ६, सानीभेरी गाउँपालिका वडा नं ६ र बाँफिकोट ५ मा ३५ ३५ रोपनीमा लगाइएको अफिम खेती नष्ट गरिएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिनुभयो ।
जंगलको विचमा अफिम खेती हुने गरेकाले खेती गर्ने व्यक्तिको पहिचान गर्न समस्या हुने गरेको र कारवाहीको दायरमा ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।