रुकुम पूर्व । योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल पुथा उत्तरगंगा गाउँपालिकाको तेस्रो अधिवेशन तकसेरामा सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न अधिवेशनले शुक्रराज बिकको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा शान्ती बुढा मगर, रोहित बिक र केशरमान घर्ती चयन हुनुभएको छ । सचिवमा जलन पुन, सह-सचिवमा सागर बिक, सुनिता सुनाम र राज सेनले जिम्मेवारी पाउनुभएकाे छ भने कोषाध्यक्षमा रूपमा लक्ष्मी घर्ती चयन हुनुभएको छ ।
अधिवेशनबाट ५ जना पछि थप गर्नेगरी ४० जना सदस्यीय चयन गरिएको संगठनका जिल्ला संयोजक नामेन्द्र सुनारले जानकारी दिनुभयो ।
कार्यक्रम नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य हर्कबहादुर कामी (जुझारु) काे प्रमुख तथा पार्टीका पुथा गाउँपालिका अध्यक्ष संगम राेका (विकल्प) र लुम्बिनी प्रदेश सभा सदस्य दिल कुमारी बुढाकाे बिशेष आतिथ्यतामा अधिवेशन सुरु भएको थियो ।।